नियम ९
बोलकबोल अस्वीकार गर्ने
(१) नियम ४ बमोजिम प्राप्त भएको बोलकबोल फाराम छानबिन गर्दा देहाय बमोजिम भएमा बैङ्कले त्यस्तो बोलकबोल अस्वीकार गर्नेछः–
(क) बोलकबोल फाराममा व्यक्तिको हकमा निजको नाम, ठेगाना र दस्तखत र फर्म, कम्पनी वा संस्थाको हकमा त्यस्तो फर्म, कम्पनी वा संस्थाको नाम, ठेगाना, छाप र आधिकारिक व्यक्तिको दस्तखत छुट भएको,
(ख) नियम ५ बमोजिम मूल्य र रकम अङ्क तथा अक्षरमा उल्लेख नगरेको
(ग) नियम ६ बमोजिम अर्नेष्ट मनी जम्मा नगरेको वा कम जम्मा गरेको,
(घ) बोलकबोल फाराममा ऋणपत्रको नाम र सिरिज नम्बर उल्लेख नभएको, वा
(ङ) बोलकबोल आव्हान गर्दा प्रकाशित सूचनामा उल्लिखित अन्य विवरण पुरा नगरेको ।
(२) बैङ्कले मुलुकको मौद्रिक तथा आर्थिक परिसूचकलाई विचार गरी बोलकबोल आंशिक वा पूर्ण रुपमा स्वीकार वा अस्वीकार गर्न सक्नेछ ।